तिम्रो मुहारले मलाई तान्छ के भा’छ कन्नि ।
त्यतै मात्रै यार नजर जान्छ के भा’छ कुन्नि ॥
दोधारमा बस्न बाध्य यी मनहरु पनि किन,
तिनै मात्र तिनै नै नाम छान्छ के भा’छ कुन्नि ।
एक छिन टाढिदा साहो गाह्रो हुने भो किन,
साच्ची तिमीलाई त आफ्नै ठान्छ के भा’छ कुन्नि ।
धेरै नै फैलिएका छन् धागो यहाँ माया रूपी,
तिमी मात्र तिमीलाई बान्छ के भा’छ कुन्नि ।
जस्तै भा पनि जे नै भा पनि अचेल मनले,
तिम्रो कुरा ‘ढकढकी’ ले मान्छ के भा’छ कुन्नि ।